शपथसम्बन्धी जारी अध्यादेशमा विकल्प, ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द नै हटाइयो



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सपथसम्वन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकबाट अध्यादेश सिफारिस गरिएको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीबाट बिहीबार अध्यादेश जारी भएको हो।
जारी शपथसम्बन्धी अध्यादेश २०७८ मा शपथ लिँदा ‘ईश्वर’ वा ‘देश र जनता’मध्ये कुनै एकको नाममा शपथ लिन पाउने व्यवस्था गरिएको छ।

नेपालको संविधान २०७२ मा संघीय कानुनबमोजिम शपथ लिनुपर्ने कुरा उल्लेख भए पनि कानुन बनेको थिएन। हालै प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्छु’ भन्न लगाउँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेपछि विवाद उत्पन्न भएको थियो। लिएको शपथका क्रममा विवाद उठेपछि कानूनको खोजी भएको थियो। अध्यादेशमा राखिएको शपथको नमूनामा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द नै हटाइएको छ।

अध्यादेशमा यस्तो छ शपथको नमूना 

म नेपालको राजकीय सत्ता, सार्वभौमसत्ता नेपाली जनतामा निहित रहने नेपालको संविधानप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक इश्र्वरको÷ देश र जनताको नाममा शपथ लिन्छु कि पदको जिम्मेवारी बहन गर्दा प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह नराखी, खराब भावना नलिई इमानदारीका साथ पालना गर्नेछु। आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट वा संकेत गर्ने छैन।’