नँया सरकार गठन आह्वानप्रति काँग्रेसको आपत्ति

संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र : रामचन्द्र पौडेल


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया सुरु गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र गरेको टिप्पणी गरेका छन् । राष्ट्रपति भण्डारीले नँया सरकार गठनका लागी २१ घण्टा समय दिएपछि सामाजिक सञ्जाल फेसबुकमा उनले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न २४ घण्टा पनि समय नदिनु षड्यन्त्र भएको बताए ।

उनले अगाडी भनेका छन् ‘सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो । तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केही हुन सक्दैन’ ।
नेता पौडेलले यो अवस्थामा संविधान जोगाउने प्रयासमा लाग्न दलहरुलाई आग्रह गरेका छन् ।