वैकल्पिक सरकार गठनका लागि दलहरुलाई राष्ट्रपतिको आह्वान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैकल्पिक सरकार गठनका लागी दलहरुलाई आह्वान गरेकी छन् । संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। बिहीबार बेलुकी बसेको मन्त्रिपिरषद्ले गरेको निर्णय अनुसार राष्ट्रपति भण्डारीले भोलि बेलुकी ५ बजे सम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार पेश गर्न आह्वान गरेकी छन्।