चार्टर्ड उडान नेपालीले पनि प्रयोग गर्न पाउने



काठमाडौं । नेपाली नागरिकले पनि चार्टड उडानमार्फत विदेश जान पाउने भएका छन् । चार्टड उडानमा विदेसी नागरिकलाई मात्रै उडान भर्न दिइएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बुधबार यस्तो सर्कुलर आएको छ ।

सरकारले नियमित उडान रोकेर चार्टर्ड उडानलाई भने अनुमति दिएको छ । अहिले चार्टर्ड उडानमा विदेशी नागरिकलाई मात्र उडानको अनुमति दिइएको थियो । प्राधिकरणका अनुसार नयाँ निर्णय अनुसार अब नेपालबाट विदेश जाने प्रयोजनका लागि नेपालीले समेत अनुमति पाउने छन् ।

यसले वैदेशिक रोजगारीमा जान अड्किएका नेपाली नागरिक लाभान्वित हुने छन् । तर, व्यवसायीले भने नेपाल एयरलाइन्सलाई प्राथमिकता दिएर नियमित उडान खोल्न आग्रह गरेका छन् । चार्टर्ड उडानमा चर्को मूल्य पर्ने भन्दै उनिहरुले यस्तो आग्रह गरेका हुन् ।