कोरोना संक्रमणबाट ३ चिकित्सकको मृत्यु



काठमाडौं । कोरोनाभाइरस संक्रमणका कारण तीन चिकित्सकको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोभिड–१९ विरुद्धको अग्रभागमा खटिएर काम गर्ने क्रममा डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको जानकारी दिएको हो । मन्त्रालयले उनीहरुको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।