राष्ट्रिय सभा उपनिर्वाचन मतगणना : स्थानीय तहमा खिमलालको अग्रता



काठमाडौं । राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणनामा खिमलाल देवकोटाले जितेका छन् । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले उछिनेका हुन् । डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । अब प्रदेशसभाको मत गन्न बाँकी रहेको छ ।