बादललाई मत नदिनु गम्भीर : एमाले



काठमाडौं । पार्टीको उम्मेदवारको पक्षमा मत नदिने कार्यलाई गम्भिरता पर्वुक लिएको भन्दै नेकपा एमालेले उक्त कार्यको भत्र्स्ना गरेको छ । एमाले स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा मतदान गरेको भन्दै भर्त्सना गरेको हो ।

वाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यका लागि बिहीबार भएको उपचुनावमा एमाले उम्मेदवार रामबहादुर थापा बादलले माधवकुमार नेपाल समूहका जनप्रतिनिधिको मत नपाएको जनाइएको छ ।