मुलुकका एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत



काठमाडौँ । मुलुकका एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा पुनःनियुक्त पाएका डा पुष्पराज कँडेलले पदभार ग्रहण गर्दै सो जानकारी दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगका उपाध्यक्षमा पुनःनियुक्त भएका डा पुष्पराज कँडेललाई आज पद तथा गोपनीयताको शपथ गराउ ।

एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनःनियुक्त भएपछि डा कँडेललाई पनि आयोग उपाध्यक्षमा पुनः नियुक्त गरिएको हो । हालै बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा डा कृष्णप्रसाद ओली, डा उषा झा र मीनबहादुर शाहीलाई पनि आयोगको गठन आदेशबमोजिम नियुक्त गरेको थियो ।