आफुलाई गरिएको कारवाही विरुद्ध जसपाका चार सांसदद्वारा सर्वोच्चमा रिट दर्ता



काठमाडौं । लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यहरुले आफुलाई गरिएको कारवाही विरुद्ध सर्बोच्चमा रिट दायर गरेका छन् । दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले आफुलाई गरिएको कारवाहीको विरुद्ध रिट लिएर सर्वोच्च अदालतमा पुगेका थिए ।

सर्वोच्चको पूर्ण बैठकको निर्णय अनुसार वैशाख १९ मा सर्वोच्चले उनीहरुको रिट दर्ता नगरीकन फर्काइदिएको थियो । पुर्ण बैठकले बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सेवा स्थगन गर्ने निर्णय गरेको थियो ।
अहिले कोभिड र बन्दी बाहेक केही महत्वपुर्ण रिटमा सुनुवाई गर्ने निर्णय भएको हुनाले जसपाका सांसदहरुको रिट दर्ता गरिएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले बताए ।