नियमित प्रक्रियाबाटै बजेट आउँछ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा जिवितै रहेकाले नियमित प्रक्रियाबाटै बजेट आउने बताएका छन् । उनले अध्यादेशमार्फत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल नभएको पनि बताए ।

आइतबार पार्टीभित्रको विवाद समाधानका सन्दर्भमा वरिष्ठ नेता माधव कुमार नेपालसँगको छलफलपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन् । आर्थिक वर्ष २०७८÷०७९ को बजेट ल्याउने ढिलाइ भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउनसक्ने चर्चा चलिरहेको बेला ओलीले नियमित प्रक्रिया बाटै बजेट ल्याउने बताएका हुन् ।