दर्शकको मन जित्दै ‘सारङ्गी र्‍याई र्‍याई’ ट्रेडिङ्ग वानमा



काठमाडौं । सार्वजनिक भएको केही दिनमै ‘सारङ्गी र्‍याई र्‍याई ’ गीत युट्युबको ट्रेडिङ्ग वानमा आएको छ । नेपाली लोकगीत क्षेत्रका सदाबहार गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको स्वर रहेको नयाँ गीत ’सारङ्गी र्‍याई र्‍याई ले यतिबेला दर्शक, श्रोताको मन जित्दै युट्युबको ट्रेडिङ्ग वानमा पर्न सफल भएको छ ।

गायक शर्माकै शब्द संगीत रहेको यस गीतको भिडियोलाई पशुपति शर्मा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा गायक पशुपति शर्मा र मोडल करिश्मा ढकालले अभिनय गरेका छन् ।

गीतमा एरेन्ज सुनिल परियारको छ भने शब्द र लय गायक शर्माकै छ । छायांकन नवराज उप्रेती र सम्पादन प्रविन भट्टको छ ।
गीतको भिडियो यहेर्नुहोस :