शिवपुरी जंगलमा फेरी आगलागी



काठमाडौं । शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले टोखामाथिको जंगलमा आगलागी भएको देखेपछि स्थानीयले खबर गरेको जानकारी दिए । त्यसपछि आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

बुधबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पुगेको छ । यसअघि २९ चैतमा पनि शिवपुरी–नागर्जुन जंगलमा आगलागी भएको थियो ।