बुधाबारदेखि सर्बोच्चमा अत्यावश्यक बाहेकका सुनुवाइ नहुने



काठमाडौँ । सर्वोच्च अदालतले भोलिबाट (बुधबार) अत्यावश्यक बाहेकका सुनुवाइ नगर्ने भएको छ । सर्वोच्च अदालतको मंगलबार बसेको पूर्णबैठकले वैशाख मसान्तसम्म बन्दीप्रत्यक्षीकरण, तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरुको मात्रै दर्ता सुनुवाइ गर्ने निर्णय गरेको हो ।

अन्य सेवा भने स्थगन गर्ने निर्णय भएको अदालतका सहप्रवक्ता देबेन्द्र ढकालले सूचनामार्फत जानकारी गराएका छन् । उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरुले स्थानीय परिस्थिति एवं जोखिमको अवस्था अनुसार निर्णय गर्न सक्ने सर्वोच्चले जनाएको छ।