सरकारलाई दिएको समर्थन फिर्ताबारे छिट्टै निर्णय लिन्छौँ : दाहाल



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले छिट्टै अविश्वासको प्रस्ताव वा समर्थन फिर्ताबारे कुनै एक कदम चाल्ने बताएका छन् ।

पार्टीको स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे बिफ्रिङ गर्दै दाहालले जनता समाजवादी पाटी (जसपा) लिने निर्णयका आधारमा आफ्नो पार्टीले अर्को कदम चाल्ने बताएका हुन् ।

दाहालले एक÷दुई दिनभित्र यस्तो निर्णय लिइने बिफ्रिङ गरेका छन् । आफुहरु अहिले जसपाको निर्णय पर्खीरहेको भन्दै अब धेरै नकुर्ने बताएका छन् ।

बुधबारसम्म सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने गृहकार्यमा कांग्रेस र माओवादी थिए । पछिल्लो राजनीतिक अवस्थाबारे बिफ्रिङका लागि दाहालले मंगलबार आकस्मिकरुपमा स्थायी कमिटी बैठक बोलाएका थियो ।

बैठकमा उनले केन्द्रदेखि प्रदेशसम्मको सत्ता समीकरणका कोसिसबारे जानकारी गराएको स्थायी कमिटीका एक सदस्यले बताए ।
सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नलिएको भन्दै माओवादी केन्द्रको आलोचना भइरहेको छ ।