२४ घण्टामा ४ हजार ३६४ संक्रमित थपिए, १२ जनाको मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६४ कोरोना संक्रमित थपिएका छन् । १५ हजार ६८१ पीसीआर परीक्षण गरिएकोमा मंगलबार ४ हजार ३६४ जनामा कोरोना पुष्टि भएको हो । एक हजार ९ एन्टिजेन नमुना परीक्षणमा १६० जनामा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ भने ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी २६ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म ३ लाख ७९ हजार २५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यस्तै, ३ सय १५ जना आईसीयूमा, ८४ जना भेन्टिलेटरमा, २ हजार ८ सय ७३ जना अस्पतालमा र २३ हजार ३ सय ५२ जना संक्रमित घरमा उपचाररत छन् ।