सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउनेबारे राप्रपाका शिर्ष नेता छलफलमा



काठमाडौं । सरकारविरुद्ध अविश्वास प्रस्तावको तयारी चलिरहँदा जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरू छलफलमा जुटेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शीर्ष नेताहरू छलफल गरीरहेका हुन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्तावमा अगाडि बढाउने वा नबढाउने भन्नेबारे जसपाको औपचारिक निर्णय मागेका थिए । त्यसबारे निर्णय गर्न शीर्ष नेता छलफलमा बसेको एक नेताले जानकारी दिए । उनका अनुसार छलफलमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राईलगायत सहभागी थिए ।

जसपामा ठाकुर र महतो केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने भट्टराई र यादव पक्ष ओलीविरुद्ध अविश्वास प्रस्ताव अगाडि बढाउने पक्षमा छन् ।
ठाकुर र महतोले ओलीलाई समर्थन गरे भट्टराई र यादवपक्षले कांग्रेस र माओवादीले ल्याउने अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने तयारी गरेका छन् ।