सञ्चारकर्मी बरालको ‘खानदानी छोरी’को टीजर सार्वजनिक



काठमाडौं । गायिका तथा सञ्चारकर्मी ईश्वरी बरालको गीत खानदानी छोरीको टीजर सार्वजनिक भएको छ।

गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को र्‍याप छ। गीतमा भट्टको संगीत र टुरिष्ट जङग विकको शब्द छ । गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन्। गीतलाई काठमाडौंको रमणीय क्षेत्र चोभारमा छायांकन गरिएको छ ।

म्युजिक भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय रहेको छ। इक्षिता, बिक्षिताको यो डेब्यु म्युजिक भिडियो हो। भिडियोलाई सान थापाले निर्देशन गरेका छन्।

गीतको भिडियो  केहि दिनमा सार्वजनिक हुनेछ।