त्रिविका सबै परीक्षा अनिश्चितकालका लागी स्थगित



काठमाडौँ । त्रिभुवन विश्विविद्यालयले सोमबार एक सूचना जारी गरी अनिस्चितकालका लागी सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले दोस्रो लहरको कोरोना संक्रमणको कारण देखाउँदै अर्को सुचना जारी नभएसम्म स्नातक र स्नातकोत्तर तहका पूर्वनिर्धारित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा हुने भएपछि त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुका स्नातक र स्नातकोत्तर तहका संचालन भइरहेका र संचालनको प्रक्रियामा रहेका वार्षिक तथा सेमेस्टर प्रणालीका विभिन्न परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।