‘नोम्याडल्यान्ड’ ले ओस्करमा उत्कृष्ट चलचित्र, निर्देशक र अभिनेत्रीको अवार्ड पायो



काठमाडौँ । ९३ औं ओस्करमा क्लोई चाउ निर्देशित ’नोम्याडल्यान्ड’ उत्कृष्ट फिल्म घोषित भएको छ । फिल्मकी निर्देशक चाउले निर्देशनतर्फ ओस्कर जित्ने दोस्रो महिलाको इतिहास पनि बनाएकी छिन् ।

क्याथरिन बिगोलोपछि ओस्कार जित्ने उनी दोस्रो महिला निर्देशक हुन् । यही फिल्मबाटै फ्रान्सेस म्याकडोरमेन्डले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । उत्कृष्ट अभिनेताको अवार्ड भने ’द फादर’बाट एन्थोनी होप्किन्सको उचाले ।

यजङ उङले ’मिनारी’बाट उत्कृष्ट सह–अभिनेत्रीको अवार्ड प्राप्त गरिन् भने डेनमार्कको ’एनोदर राउन्ड’ अन्तर्राष्ट्रिय फिचर फिल्म घोषित भएको छ ।