धरान उपमहानगरपालिकामा सुकुम्बासीको लगत सङ्कलन शुरु



काठमाडौं । धरान उपमहानगरपालिकाले दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवास गर्नेलाई पूर्जा वितरणका लगत सङ्कलन शुरुआत गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख तिलक राईको संयोजत्वमा भूमिहीन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन प्रमाणिकरण गर्ने उद्देश्यले गठित भूमिसम्बन्धी समस्या समाधान स्थानीय सहजिकरणको दोस्रो बैठकले आइतबारदेखि लागत सङ्कलन गर्ने निर्णय गरेको थियो ।

आइतबार–१५बाट फारम वितरण शुरु गरिएको छ । झण्डै २० हजार जनसङ्सख्या रहेको वडा नं १५ मा एक हजार १६० भूमिहिनको नाम सङ्कलन गएिको छ । प्रमुख राईले वडाध्यक्ष नरेश इवरामलाई फारम हस्तान्तर गरेर लगत सङ्कलन शुरु गरेका छन् ।

लगत सङ्लकन इकाइका संयोजक वेदप्रसाद सापकोटाका अनुसार आइतबारदेखि धरानको २० वटै वडाकार्यालयमार्फत फारम वितरण र फारम भराउने कार्य सुरु गरिएको छ ।