नेपाललाई ट्रान्जिट बनाउने गरी आएकाको परिक्षण नगर्नु : स्वास्थ्य मन्त्रालय



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिचयपत्र बिना पीसीआर परीक्षण गर्ने प्रयोगशालाहरूलाई कारबाही गर्ने भएको छ । नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनै पनि विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न प्रयोगशालाहरूलाई स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै पीसीआर परीक्षण गर्न पनि प्रयोगशालालाई मन्त्रालयले आग्रह गरेको छ । कोभिड– १९ को परीक्षण निर्देशिका २०७७ अनुसार कोभिड १९ को परिक्षणको व्यवस्था गर्दा नेपाली नागरिक, कुटनैतिक निकाय तथा मिसनका कर्मचारी तथा निजका परिवारहरु र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परिक्षण गर्ने व्यवस्था गरिदिन मन्त्रालयले अनुरोध गरेको छ ।