काठमाडौँ प्रशासनको अत्यावश्यकबाहेक सबै सेवा बन्द



काठमाडौं । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । कर्मचारमा कोरोना संक्रमण देखा परेको भन्दै सोमबारदेखि लागु हुने गरी जिप्रकाले सो सूचना जारी गरेको हो ।

सुचनामा कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएको र उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताएका छन् ।