दाङमा कोरोना संक्रमितको मृत्यु



काठमाडौं । दाङमा कोरोनाबाट आज एक पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका– १५ निवासी ५७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण ओलीले जानकारी दिए ।

उनका अनुसार ती पुरुषको आज बिहान ११ः१५ बजेतिर मृत्यु भएको हो । उनी अस्पतालमा यही वैशाख २ गतेदेखि सघन उपचार कक्षमा भर्ना भई उपचाररत थिए । उनमा निमोनियासमेत देखिएको थियो ।