देशव्यापी लकडाउन गर्दैनौं : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्काल देशभर लकडाउन नगर्ने बताएका छन् । लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको पनि उनले बताए । फेरी लकडाउन होलाकी भन्ने त्रासमा मानिसहरु रहेका बेला रिराष्ष्ट्रमन्त्री ज्ञवालीले देशब्यापी रुपमा लकडाउन नगर्ने स्पष्ट पारेका छन्

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले तत्काल नेशनवाइड लकडाउन नगर्ने भन्दैसबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्न आग्रह गरे ।

लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्ने र अलिकति पुस गर्ने भएपनि आफैंमा अन्तिम समाधान नभएको भन्दै मन्त्री ज्ञवालीले भर्खर–भर्खर अर्थतन्त्र तंग्रिन लागेको हुनाले सकभर अर्थतन्त्रमा र मान्छेको जीविकामा प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको बताए ।

उनले अर्थतन्त्र र जनजीविकामा लकडाउनले प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको बताए । उनले हटस्पटहरुमा पार्सल्ली लकडाउन हुन सक्ने तर देसब्यापी लकडाउन नगर्ने स्पष्ट पारे ।