दलहरुले लोकतन्त्रको नाममा लुट मच्चाएको कमल थापाको आरोप



कठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक दलहरुले लोकतन्त्रको नाममा लुट मच्चाएको आरोप लगाएका छन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् । तत्कालीन समयमा राजा र आन्दोलनकारी दलहरुबीच सम्झौता भएर आन्दोलनको अन्त्य भएपनि दलहरुले राजालाई धोका दिएको अध्यक्ष थापाको भनाइ छ ।

वि.सं. २०६३ साल वैशाख ११ गते भएको सम्झौताअनुसार राजाले दलहरुलाई सत्ता हस्तान्तरण गरेको थापाले सम्झिए । तर, आन्दोलनकारी दलहरुले धोखा दिएर राजसंस्थालाई पाखा लगाएको थापाको आरोप छ ।

सम्झौता भन्दा बाहिर गएर राजालाई धोखा दिएका दलहरुले अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट मच्चाएको थापाको आरोप छ । अध्यक्ष थापाले अहिले लोकतन्त्रको आवरणमा धर्म परिवर्तन, सर्वसत्तावाद हावी भएको दाबी गरेका छन् ।