आईपिएलमा पञ्जाबद्वारा मुम्बई ९ विकेटले पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा खेलमा पञ्जाब किंग्स विजयी भएको छ।

चेन्नईमा भएको खेलमा पञ्जाबले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको हो । १३२ रनको लक्ष्य पञ्जाबले १७ ओभर चार बलमा मात्रै एक विकेटको क्षतिमा भेट्टाएको हो ।

पञ्जाबका लागि कप्तान केएल राहुलले ५२ बलमा नटआउट ६०, क्रिस गेलले ३५ बलमा नटआउट ४३ तथा मयंक अग्रवालले २० बलमा २५ रन बनाए । यसअघि पहिले ब्याटिङ्ग गरेको मुम्बईले ६ विकेटको क्षतिमा १३१ रन बनाएको थियो ।

उसका लागि कप्तान रोहित शर्माले ५२ बलमा ६३ तथा सूर्यकुमार यादवले २७ बलमा ३३ रन बनाए पनि पर्याप्त भएन । खेलपछि पाँच खेलबाट समान चार अंकसहित मुम्बई चौथो तथा पञ्जाब पाँचौँ स्थानमा छन् ।