भाजपाका विधायक श्रीवास्तवको कोरोना संक्रमणका कारण मृत्यु



कामठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विधायक सुरेश श्रीवास्तवको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

भाजपाका वरिष्ठ नेता तथा केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले उनको निधन भएको जानकारी दिएका छन् र समवेदना व्यक्त गरेका छन्।श्रीवास्तव लखनउ शहरका विधायक थिए। उनले १४ अप्रिलमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए।

दिवंगत विधायक श्रीवास्तवकी पत्नी र पुत्र पनि संक्रमित रहेका र उनीहरुको अस्पतालमा उपचार भइरहेको खबर छ। भारत यतिखेर महामारीको चपेटामा फसेको छ। त्यहाँ दैनिक ३ लाखभन्दा धेरै संक्रमित भेटिएका छन् भने यही अवधिमा मानवीय हताहती ३ हजार नजिक पुगिसकेको छ।