सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु



काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका –१४ चन्दनपुरमा शुक्रबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा दुधौली नगरपालिका–४ डकाहाका २६ वर्षीय यमकुमर (दनुवार) र उनका भतिजहरु १३ वर्षीय आशीष कुमर र ९ वर्षीय अदितकुमारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुमध्ये दुई जनाको घटनास्थलमै र अदितको सिन्धुली अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको सिन्धुलीप्रहरी कार्यालयका डीएसपी मनोजकुमार लामाले बताए ।

कमलामाई नगरपालिका ९ को भिमानबाट डकाहातर्फ जाँदै गरेको प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक यमकुमार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी जवानमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।