एमाले महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा जारी



काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । बैठकमा बाहेक नेताहरुको कार्यविभाजन, उपनिर्वाचन, प्रदेश सरकार लगायतबारे छलफल गर्ने कार्यसूची तय भएको छ ।

साथै नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे छलफल र निर्णय गर्ने तयारी रहेको जनाइएको छ । गएको ६ वैशाखको बैठकबाट निर्णय गराएर अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल सहित २७ संघीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए ।