आज भने सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं ।  नेपाली बजारमा लगातार वृद्धि भइरहेको सुनको मूल्य आज भने घटेको छ ।

विहीबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५०० रुपैयाँले घटेको हो ।

यो सँगै आज प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

विहीबार १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार हुने छ ।