क्यानडाद्वारा भारत र पाकिस्तानबाट हुने उडानमा प्रतिबन्ध



काठमाडौं । कोरोना जोखिम बढेसँगै क्यानडाले आगामी ३० दिनका लागि भारतबाट आउने सबै उडानमाथि प्रतिबन्धको घोषणा गरेको छ। भारतमा बढ्दो संक्रमणका कारण यस्तो निर्णय लिइएको क्यानडा सरकारले जनाएको छ।

क्यानडाले पाकिस्तानबाट हुने उडानमा समेत रोक लगाएको छ। भारत र पाकिस्तानबाट आउने सबै व्यावसायिक र निजी उडानमाथि आगामी ३० दिनका लागि प्रतिबन्ध लगाइएको क्यानडाका यातायात मन्त्री उमर अलगाबराले बताएउका छन्।

यो नियम स्थानीय समयानुसार बिहीबार राति ११ः३० बजेबाट लागू भएको बताइएको छ।