गायक धुर्व र एलिनाको ‘टपरीमा भात’



काठमाडौं । गायक धुर्व विस्को र गायिका एलिना चौहानको स्वरमा नँया गित ‘टपरीमा भात’ सार्वजनिक भएको छ । सेभेन इलाभेन म्युजिक कम्पनीमार्फत सार्वजनिक गरिएको गितमा नवराज जोसीको शब्द तथा अनिल जोसीको संगित र नरेन्द्र वियोगीले एरेन्ज गरेका छन् ।

गितको म्युजिक भिडियोमा नायक पुष्प खड्का, सुधिर श्रेष्ठ तथा समारिका ढकाल र स्मारिका ढकालको अभिनय रहेको छ । गायक धुर्वले आफुहरुको मेहनतका साथै शब्द, संगित निकै राम्रो रहेकाले गितले सफलता पाउनेमा आशा व्यक्त गर्नुभयो ।

माइकल चन्दको निर्देशन रहेको गितमा माइकल सेटअप एण्ड आर्ट्सको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र शिलन लम्सालको सम्पादन र कलर रहेको छ ।

भिडियो हेर्नुहोस