ओलीसंगको वार्ता प्रगतिविहिन : नेता नेपाल



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तामा कुनै प्रगति नभएको नेकपा नेता माधवकुमार नेपालले बताएका छन् ।
आफुहरुको छलफलमा कुनै प्रगति नभएको नेता नेपालले बताए ।

बिहीबार होटल मेरियटमा बसेको दुवै नेताहरुबीचको छलफलपछि नेता नेपालले हिजोको छलफलमा केही आश लागेको भएपनि आज त्यो पनि बाँकी नरहेको बताए ।
उनले मिल्ने सम्भावना पनि नदेखिएको र अबको छलफल पनि अनिश्चित रहेको भनाई राखे ।