श्रीकृष्ण र मेलिनाको आवाजमा ‘राम हो झुमा हो’



काठमाडौं । गायक श्रीकृष्ण श्रेत्री र गायिका मेलिना राईको स्वरमा ‘राम हो झुमा हो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा बिदुर गिरीको शब्द तथा गायक श्रेत्रीको संगीत छ ।

छत्रभुमि म्युजिकको अफिसिय युटयुवमार्फत सार्वजनिक गरिएको गीतमा सुनिल क्षेत्री र गीता ढंगानाको अभिनय छ । भने क्षेत्रीकै निर्देशन रहेको छ । मौलिक लोक आधुनिक शैलीको गीतमा मुख्य मायाप्रेमको विषयलाई समेटिएको छ ।

आफुले मन पराएको मायालाई प्रेमभाव व्यक्त गर्दैे मनाएको विषबस्तुलाई कलाकार सुनिल क्षेत्री र गीता ढुङगानाले अभिनय मार्फत उतारेका छन् ।