महन्थ ठाकुरद्वारा आफूनिकट सांसदसंग छलफल



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू निकट सांसदहरुसंग छलफल गरेका छन् । बिहीबार उनले पूर्व राष्ट्रिय जनता पार्टीका सांसदहरुको भेला बोलाई छलफल गरेका हुन् ।

अनौपचारिक भनिएको बैठकमा अध्यक्ष ठाकुरले पार्टीमा के भइरहेको छ भन्ने विषयमा ब्रिफिङ गरेको सहभागी एक सांसदले बताए ।