समावेशी नीति बनाउँदै कर्णाली प्रदेश सरकार



काठमाडौं । कर्णाली प्रदेश सरकारले ‘लैङ्गिक समानता र सामाजिक समावेशीकरण नीति’ बनाउन शुरुआत गरेको छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिष्द कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमद्वारा आयोजित कार्यक्रममा सो नीति बनाउन थालिएको जानकारी दिइएको हो ।
कार्यक्रममा प्रदेश सरकारले पहिलोपटक बनाउन लागेको नीतिबारे विशेषज्ञ लीला अधिकारीले नीति निर्माणको प्रारम्भिक मस्यौदाको ढाँचा र त्यसमा समाविष्ट अन्तरवस्तुबारे प्रस्तुत गरे ।
कार्यक्रममा सामाजिक विकासमन्त्री विमला केसीले नीतिलाई पूर्णता दिन कानूनविद्, प्राध्यापक, अधिकारवादीलगायतका सरोकारवालाको सुझाव आवश्यक रहेको औँल्याउँदै कर्णाली सुहाँउदो नीति बनाउनुपर्ने र जसले महिला सम्मानित हुने वातावरण कर्णालीमा छ भन्ने सन्देश दिने उल्लेख गरिन् ।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारुले वितरणमुखी नीतिभन्दा समावेशी नीतिमा जोड दिनु आजको आवश्यकता हो औँल्याए ।