कोरोनाबाट बच्न उच्च सतर्कता अपनाउन नायिका केकीको आग्रह



काठमाडौं । नायिका केकी अधिकारीले कोरोना संक्रमणबाट बच्न र रोकथामका लागी उच्च सतर्कता अपनाउन आग्रह गरेकी छिन् । केही समय अघी कोरोना संक्रमित बनेकी अधिकारीले हाल आफ्नो पिसिआर रिपोर्ट नेगेटिभ आइसकेको बताएकी छन् ।

तरपनि आफुलाई आइसोलेट गरेर राखेकी छु, भन्दै उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेखी आफुसंगै अरुलाई पनि बचाउन आग्रह गरेकी हुन् ।
उनले आफुलाई रुघाखोकी र लगातार ज्वरो देखिएपछि पिसिआर परिक्षण गर्दा संक्रमण देखिएको जनाएकी छन् ।