ब्राजिलमा कोभिडबाट एकैदिन ३ हजार ४७२ को मृत्यु, ८० जहार संक्रमित



काठमाडौं । ब्राजिलमा गएको २४ घण्टा यता कोभिड–१९ को सङ्क्रमणबाट तीन हजार बढी नागरिकको मृत्यु भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कोभिड–१९ को कारण ३ हजार ४७२ जनाको एकै दिनमा मृत्यु भएको हो ।

यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुनेको संख्या तीन लाख ८१ हजार ४७७ जना पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ । त्यसैगरी सोही अवधीमा थप करिब ८० हजार जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४१ लाख २२ हजार बढीमा सो सङ्क्रमण भएको बताइएको छ ।