प्रधानमन्त्री ओली र नेता नेपालविच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता भएको छ ।
बुधबार साँझ झण्डै २ घण्टा ओली र नेपालबीच नक्सालस्थित होटल मेरियटमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले दुवै नेताबीच सकारात्मक वार्ता भएको बताए । सरकारको नेतृत्व गरिरहेको एमालेभित्रको विवाद उत्कर्षमा पुगेको बेला ओली र नेपालबीच भेट भएको हो ।