गायक ओझाको ‘ दैबले चोट दियो हामीलाई’ बोलको गित सार्वजनिक



काठमाडौं । गायक सौगात ओझाको मार्मिक गित ‘दैबले चोट दियो हामीलाई’ बोलको गित सार्वजनिक भएको छ । गायक ओझाकै शब्द रचना रहेको गितमा गायिका देवी घर्ती र ओझाको स्वर रहेको छ । भने गितको एरेन्ज रमेश सेन्चुरीले गरेका छन् ।

सुरताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा अभिनय मोहन बलायर , कबिता बलायर , युवराज बलायर र सौगात ओझा आफैले गरेका छन् । गितमा सडक दुर्घटनाबाट सन्तान गुमाएको पिडालाई देखाइएको छ ।