अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसक्ने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको भन्द्र यस्तो अनुरोध गरेका हुन् ।

मन्त्रालयको नियमितप्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता गौतमले सभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठक नगर्न अनुरोध गरे ।