कांग्रेसको निर्वाचन समिति संयोजकमा पूर्व महान्याधिवक्ता यादव



काठमाडौँ । कांग्रेसले पार्टीको निर्वाचन समितिमा राष्ट्रिय सभाका पूर्व सदस्यसमेत रहेका वरिष्ठ कानुन व्यवसायी महादेवप्रसाद यादवलाई संयोजकमा नियुक्ति गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बुधबार बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारी सम्मिलित बैठकले यादवलाई संयोजक तोक्ने निर्णय गरेको पार्टी उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

धनुषा निवासी यादव पूर्व महान्याधिवक्ता समेत हुन् । पार्टीको आसन्न महाधिवेशनको मुखमा निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले राजीनामा दिएका थिए ।

पार्टीका संरचना समायोजनको कामलाई लिएर नेताहरुले विवाद झिकेपछि त्यसैमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।