टी–२० सिरिज : नेदरल्याण्ड्ससंगको खेलमा नेपाल पराजित



काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससंग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो । कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनि सन्दीप लामिछानेको ४ विकेटका बाबजुद पनि नेपालले २०६ रनको स्कोर जोगाउन सकेन ।

यो जितपछि नेदरल्याण्डसले गत शनिबार नेपालसँग व्यहोरेको हारको बदला लिएको छ । सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्डसलाई पराजित गरेको थियो । नेपालले अन्तिम लिग खेल मलेसियासंग बिहीबार खेल्नेछ ।

दुई जितपछि नेदरल्याण्ड्सले पनि ३ खेलबाट ४ अंक जोडेको छ । नेपालले पनि अहिलेसम्म २ खेल जितेर ४ अंक जोडेको छ । तर रन रेटको आधारमा नेपाल शीर्ष स्थानमा छ ।