शेयर बजार : मंगलबार सामान्य सुधार



काठमाडौं । साताको तेस्रो दिन मंगलवार शेयर बजारमा सामान्य सुधार आएको छ । मंगलवार शेयर बजार २.६८ अंकले बढेर २६६४.६१ म पुगेर रोकिएको छ । आज ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६ सय ४० रुपैँया बराबरको कारोबार भएको छ ।

यस्तै आज एक करोड २३ लाख ६९ हजार ५ सय १ कित्ता शेयर किनबेच भएको छ । आज बैंकिङ, निर्जीवन बीमा कम्पनी, म्युचुअल फण्ड, लगानी बाहेकका सबै उपसूचकहरु बढेका छन् ।

मंगलवार सबैभन्दा बढी विकास बैंकको कारोबार १.६८ प्रतिशतले बढेको छ । सबैभन्दा कम होटल तथा पर्यटन क्षेत्रको कारोबार ०.५ प्रतिशतले बढेको छ ।