भिडभाड हुने क्षेत्र बन्द गर्ने सरकारको निर्णपछि सिनेमा हल पनि बन्द हुने



काठमाडौ । भर्खरै मात्रै चहलपहल हुन सुरु गरेका सिनेमा हल फेरी बन्द हुने भएका छन् । नेपाल सरकारले बैशाख मसान्तसम्म भीडभाड हुने विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेपछि फिल्म हलहरु फेरी बन्द भएका हुन् ।

गतबर्षको पौष २६ गते सरकारले ५० प्रतिशत अकुपेन्सीमा हलहरु खोल्न दिने निर्णय गरेको थियो । यसपछि, हलहरु संचालनमा आएका थिए । तर, हल संचालनमा आएको ३ महिनापछि फेरि बन्द भएका छन् । शहरी क्षेत्रका चलचित्र भवनहरु बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

शहरी क्षेत्रमा कोभिडको जोखिम बढेको भन्दै आज बसेको मन्त्रीपरिषद्को बैठकले विद्यालय, चलचित्र भवन, रात्रीकालिन व्यवसाय लगायतका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।