गायक प्रकाश सपूत बने ‘डिएनए क्लोथिङ’को ब्राण्ड एम्बेस्डर



गायक प्रकाश सपुत ‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन् ।

दुई बर्ष बजारमा आएको कपडाको ब्राण्ड डिएनएले सपुतलाई एम्बेस्डरको घोषणा गरेको हो । प्रकाशलाई पत्रकार सम्मेलनमार्फत एकबर्षका लागी एम्बेस्डर घोषणा गरेको हो । केदार प्रसाद न्यौपानेले प्रकाशलाई घोषणाको प्रमाण पत्र प्रदान गरे । न्यौपानेले युवापुस्ताको मनमुटुमा बस्न सफल भएकै कारण प्रकाशलाई आफ्नो ब्राण्डसँग जोडेको बताए ।

प्रकाशले आफ्नो लागी यो ठूलो सफलता बताएका छन् । ‘मेरो लागी डिएनएसँगे जोडिनु ठूलो सफलता हो ।’ प्रकाशले कार्यक्रममा भने । ‘म यस ब्राण्डसँग जोडिनुको मुख्य कारण देश बिदेश छरिएर रहेका युवाहरुमाझ छिटो पुग्न सक्नुभन्ने हो ।’