फ्लोर क्रस गर्ने एमालेका तीन प्रदेशसभा सदस्यलाई कारबाही



काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन जनालाई कारबाही गरेको छ । प्रदेश कमिटीको शनिबार बसेको बैठकले अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्य नरहने गरी निष्कासन गरेको हो ।

उनिहरु प्रदेश कमिटी मातहतको कमिटीमा रहेकाले प्रदेश कमिटीले नै कारबाही गरेको नेता यमलाल कँडेलले जानकारी दिए ।
प्रकाश ज्वाला भने महाधिवेशन आयोजक कमिटी सदस्य भएकाले कारबाहीको सिफारिस गरिएको छ ।

चारै जनालाई सांसदबाट कारबाही गर्न भने हिजै केन्द्रीय कमिटीमा सिफारिस गरिएको थियो । ज्वालासहित चार सांसदले पार्टीको ह्वीप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।