आजको सर्वदलीय बैठकमा प्रचण्ड नजाने



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजको सर्वदलीय बैठकमा नजाने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने भएका हुन् । लामो समयपछि फोन गरेर प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको निवास बोलाएको भए पनि प्रचण्ड नजाने उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाइएको बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने छ।

प्रतिनिधि सभा विघटन र प्रतिनिधि सभा पुनर्स्थापनापछि राजनीतिले नयाँ कोर्स लिने क्रम जारी छ। नयाँ सरकार गठनमा विपक्षी दलहरुको प्रयास जारी राखेकै बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

पछिल्ला दिनमा कोरोना महामारी बढ्दै गएपछि सरकारले १४ जिल्लालाई अति प्रभावित घोषणा गरेको छ