‘ऐ जुनू’ मा देखिए चक्र बम र रचना गौतम (भिडियो सहित)



काठमाडौं । लोकप्रिय गायक चक्र बमको आवाजमा ‘ऐ जुनु’ बोलको गीत सार्वजनिक भएको छ । यो गीत उनको आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा आवाजसहित शब्द र संगीत पनि गायक बमको नै रहेको छ ।

गीतमा मनिस खड्का, रोहित देउवा, प्रवेश दाहालको सामुहिक आवाज रहेको छ । गीतको भिडियोमा गायक बम र रचना गौतमको अभिनय रहेको छ । गौरभ गिरीको निर्देशन रहेको गीतमा मौसम हिमालीको कोरियोग्राफि छ ।