यो कस्तो प्रेम ? अनैतिक सम्बन्धका कारण दाजु बैहिनीले दिए एउटै डोरी ज्यान



दाचुर्लाको शैल्यशिखर नगरपालिका ५ आगरमा नाताले दाजु–बहिनी बिचको प्रेमले अन्ततः ज्यानलाई मृत्युको मुखमा पुर्याएको छ । सामाजिक धार्मिक तथा पारिवारीकरुपले पनि अस्वीकार्य दाजु–बैनि नाताको अनैतिक प्रेमको कारण मृत्युको बाटो राज्न बाध्य भए ।

अन्ततः सँगै मर्ने कठोर निर्णय लिए महेश सिहँ डागा र नाताले बहिनी पर्ने आफ्नै काकाकी छोरीे मनिशा डागाले । प्रेमसबन्धमा रहेका दाजु बहिनीबीच अनैतिक सबन्ध रहँदै आएकोले छुट्टियर बस्न नसकेपछि आत्महत्याको बाटो रोजेका हुनसक्ने अड्कल स्थानियको छ ।

दार्चुला सदरमुकाम खलंगामा रहेको विष्ट होटेलको कोठामा एउटै डोरीमा झुण्डीएको अवस्थामा फेला परेका छन् । उनिहरु एउटै डोरीमा झुण्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र साहीले बताए ।

दाजु बैनि हुन या हैनन् भन्ने कुरा अहिलेनै भन्न सकिदैन उनले भने आफन्तहरु आइ सक्नु भएको छ । प्रहरिले अनुसन्धानमा गरिरहेको छ बाँकी कुरा अनुसन्धान पछि खुल्छ । महेश सिह डागा नामको फेसबुक आईडीमा (सोमबार) राती ११ बजेतिर फेसबुकमा दुबैजना जोडिएको तस्विर अपलोड गदैँ आफैले रिप लेखेर पोष्ट भएको थियो ।

उनिहरुले होटलमा जादाँ आफुहरु श्रिमान–श्रिमतीनै भएको बताएको होटल सञ्चालक जानकी विष्टले बताइन् । महेशले हामीले भर्खर २–३ महिना अघि विवाह गरेको र नागरीकता बनाउन सदरमुकाम आएको भने, । पहिले पनि यसै होटेलमा आउथ्यौ चिन्नुभएन भन्दा होटलमा बास दियाँै विष्टले भनिन् । रोटी र मासु कोठामै लगेर गएका थिए । उनिहरु बिहान अवेरसम्म पनि कोठाबाट बाहिर ननिस्कीएपछि हेर्न जादाँ दुवै जना एउटै डोरीमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

महेशका बिवाहित हुन् । घरमा उनका दुई ओटा श्रीमती छन् । तर प्रेमसबन्ध मनिशासँग भएको पनि बताइन्छ । मनिषा पनि बिवाहीतनै हुन् । उनको ३ महिना अगाडी मालिकार्जुन गाउँपालिका– ४ औतालेकमा बिहे भएको थियो । मनिषाको बिवाहमा महेशले फेसबुकमा शुभकामना तथा बधाई पनि दिएका थिए बहिनी भनेर । बिहे पछि पनि उनको मनिषासंग भेटघाट भैैरहने गरेको बताइन्छ ।
उनिहरुको आज पोष्र्टमाटम हुने जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।